ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र !

तिमी कर्णालि जाऊ
रुकुम ; रोल्पा जाऊ
म खाडी छोडौँला
तिमी चिल्लो गाडी छोड ,
ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र !

तिम्ले नै गर्दा म लखेटिएँ,
म जस्ता हजार लखेटिए,
म देश फर्कन्छु ;
तिमी गाऊँ फर्क ,
ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र !

गाऊँ गाऊँमा घाऊ अझै चह्र्याएको  छ
तिमी मलम बोक,
म पानी बोक्छु,
परिबर्तन  गर्नु छ ,
तिमी बेल्चा बोक ;
म घन ठोक्छु ,
ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र !

तिमी पनी बुझ भोक के हो ,
कोही दु:खी भोकले मर्न नपरोस् !
तिम्रो परिबर्तनलाई सराप्न नपरोस्,
तिमीपनी एक छाक खान छोड,
गुलामी गर्न जान छोड,

ए ! कमरेड यसरी बिकाश  गरौँ हुन्न र !