शरदको बेला आयो फूलहरु फूल्दै होलान
बगैचामा मस्त हुदै मौरीहरु डुल्दै होलान ।

हरियाली वन पाखा, सुनसान वस्तीहरु
चार्डपर्वको आगमनले रमझमा झुम्दै होलान ।

बिदेशिनै पर्ने भयो रोजगारी छैन देशमा
परदेशीकै बाटो हेर्दै साईलि माईली कुर्दै होलान ।

मातृभूमि सम्झिएर फर्किएका किष्ने दाइ
दुईचार दिन अरबको त्यो चर्को घाम भुल्दै होलान् ।

अभाव र संघर्षका सुन्दर शान्त गाऊँहरु
दशैं तिहार केही पल मिठासमा घुल्दै होलान् ।