पछिल्लो समय मौलिक तीज गीतको एरेन्ज तथा उत्पादनमा सक्रिय रहेका र अहिलेको चर्चित तीज गीत बाटैमा भाईरसका निर्देशक एरेन्जर तारानाथ आचार्यले निर्देशन गरेको नयाँ मौलिक तीज गीत बजारमा आएको छ ।
डिजिटल स्टार प्रालीको प्रस्तुती मा मौलिक तीज गीत “बर्खे झरीलाई ” सार्बजनिक भएको छ ,अहिलेको बिध्यमान समस्या ले माइत जान नपाएकी चेलीको गुनासो समेटेर तयार पारिएको यस गीत मा जुना श्रीश र सृजना कुँवरले स्वर दिएका छन् | रेशम निर्दोषको लय शब्द सिर्जनामा तयार भएको यस गीतको एरेन्ज तारानाथ आचार्य ले गरेका हुन् भने पोखरा स्स्थित डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो |
यस गीतलाई गणेश सापकोटाले छायांकन गरेका छन् भने बिनु कार्की ,मनोज सापकोटा ,बुद्धी खनाल,माया गिरी को अभिनय रहेको यस गीतको सम्पादन सुबाश अमगाई ले गरेका छन् भने निर्देशन तारानाथ आचार्यले गरेका छन् |

बर्खे झरीलाई New Teej Song 2079 | Barkhe Jharilai | By Srijana Kunwar /Juna Shreesh Resham Nirdosh