१) ठुल्दाई पनी गाऊँतीर झरे होलान आज ।।
कान्छो काहाँछ भनी कुरा गरे होलान आज।।

पल्लो घरमा जुवाको खाल लाऊँथे पहीले त।                              ऊनी पनी ऊतैतिर सरे होलान आज ।।

२)  रंगीचंगी फुलहरुले गाऊँ शहर ढाकेका छन् ।
तिहारमा घरदेशीले परदेशीलाई डाकेका छन् ।।

मनभरि आसा अनी परदेशीको परखाईमा
फर्कि आउने बाटो हेर्दै चेलीका आँखा थाकेका छन् ।।

३) मन गह्रुङ्गो पारेर रुन्छ परदेशी
चार्डवार्डमा सँधै खिन्न हुन्छ परदेशी ।।

पाके होलान घर घरमा सेल रोटी र झिनीया
गाऊँ घर सम्झी नरुने कुन छ परदेशी ।।