दशै भन्दा बित्तिकै हामि सबैको मानस पटलमा धेरै कुराहरु आउँछन् जस्तै पहेंलपुर झुलेको मार्सि धानहरियाली बाताबरण बिभिन्न चराचुरुङ्गिको चिरबिर  को आवाज साथिभाईको जमघट गाउका सबै घरहरु बिभिन्न रंग रोगनले झिलीमिली ,  लिङ्गे पिङ्गको चचहुईको आवाज सबैको मन मस्तिस्कमा घुम्ने चित्र यहि हो जति बचपनमा रमाईलो लाग्थ्यो त्यति उमेर बड्दै गयपछी समस्याले किचेर हो या किन रमाईलो भन्दा गुरमईलो हुन थाल्दो रैछ जब उमेर बड्दै गयो समस्या आवास्यकता पनी बड्दै गए जब आवास्यकता पुरा गर्नुपर्ने भयो  आवास्यकता पुरा गर्न पैसा पैसा कमाउन काम चाहियो तर मेरो देशमा काम पाउन पनी पैसानै खर्च गर्नुपर्ने रैछ मेरो देश जहाँ काम गरेर कमाउनु पहिले काम नै किन्नुपर्ने बाध्यता   यो सबै भोगेको   तब घर गाऊ समाज छोडेर बिदेशिनुपर्ने बाद्ध्यता भयो   बचपनमा पिङ्ग खेल्न नपाउँदा दुखि हुने मन अहिले दैनीक लट्ठामा झुण्डिदा दुखि हुन्छ यत्ति फरक कि बचपनमा लिङ्गे पिङ्गमा चचहुई हुन्थ्यो भने अहिले गगनचुम्बी भबनमा चचहुई हुन्छ   दशै आयो तर मनमा रमाईलो एक रति पनी छैन  किनकि यहाँ चचहुई को आवाज छैन केबल ठुला ठुला अजङ्घ मेसिनको ढकढक क्वारक्वार यहां चराचुरुङ्गिको चिरबिर होईन साहुको सुन्नै नसकिने गालि सुन्नु पर्छ बुवा आमाको आशिर्बाद होईन साहुको गाली , रातो टिका होईन पसिनाका धारा छन् निधारमा ,  साथिभाई छन् तर बिदा नपरी देख्नै पाईदैन अझै पिडा त्यतिबेला हुनेरैछ जुन चार्डबार्ड को अघिल्लोदिन रातीको काम पर्छ ,  रातभरि काम गरेर लखतरान परेको शरिर निद्राले किचेका आँखा लियर कोठामा पुगेको परदेशि थोरै भित्ताको आड लागेर टिकाको सुभ साईतमा बुवा आमाको आशिर्बाद लिन फोनगर्दैगर्दा कुन बेला निदाईएछ थाहा नै नहुँदोरैछ बिउँझियर मोबाईल हेर्दा कति धेरै मिस्कल शुभ साईतको  समय पनि घर्किसकेको हुन्छ मन निकै गह्रुङ्गो हुदोरैछ काममा जाउँ मन काम गर्ने मेसिन भन्दा गह्रुङ्गो नजाउँ साहु कराउँछ   गह्रुङ्गो मन बोकेर घर परिवार बुढा भयका बुवा आमा  संगै रमाईलो गरेका साथिभाईको सम्झना मनभरी बोकेर काम गर्दै गर्दा कुन बेला के हुन्छ पत्तै हुदैन काम गरेर धन कमायर रमाउने सपना देखेको परदेशि अन्तत आफ्नै शरिर बरफमा जमायर कहिलै रमाउन नपाउने गरि फर्कन्छ चार्डवार्डको शुभ साईत कति परदेशीहरुका लागी अशुभ बन्ने गरेको

यो कुनै काल्पनिक कथा होईन प्रत्यक्ष देखाई केही भोगाई हो

बिडम्बना लाखौं नेपालिको तितो यथार्थ                    


दिपक पौडेल कान्छा