सर्बप्रिय कलाकार प्रकाश सपुत जी नमस्कार !
म तपाईको शुभचिन्तक/अनुयायी ।
तपाईको कलाकारिता दिनानुदिन शिखर चढ्दै गर्दा तपाई भन्दा म धेरै खुशी र हर्शित छु । कलाकारितामा तपाईको संघर्ष र सफलता म र म जस्ता लाखौं संगितमा बामे सर्दै गरेका साथिहरुका लागि प्रेरणा बनेको छ । तपाईको स्वरमा रहेको कालजयी गित यस्तै छ कहानी परदेशी को बाट म तपाईलाई हरेक पाईलामा पछ्याई रहेको छु । म तपाईलाई पछ्याई रहंदा म लगाएत म हरुको मनमा यस्तो खुल्दुली बनाईदिनु भयो नी हामि निकै भोका छौं । म र मजस्ता हामिहरुको भोक कहिले मेटाईदिनु हुन्छ ? हाम्रो भोक मेटाउनका लागि तपाईलाई तिन प्रश्न गर्ने अनुमति चाहन्छु ।

1. सम्पुर्ण नेपालिको मन मष्तिस्कमा बस्न सफल गित बोलमाया को अन्तिममा क्रमश… भनेर सबैलाई बोलमाया को भोको बनाउनु भयो , हामिले बोलमाया को भोक कहिले मेट्न पाईन्छ ?

2. बोलमाया को भोकमै रुमलिएर भोक मेटाउने परखाईमा बसेका हामिहरुलाई भोक मेटाउने त कुरा छोडौं झनै प्यासि पनी बनाईदिनु भयो गलबन्दीमा पनि क्रमश भनेर । हामिले गलबन्दी को भोक प्यास कहिले मेट्न पाईन्छ ?

3. तपाईका हरेक सिर्जजना हरुको परखाईमा रहेका हरुलाई अहिले फेरी देश बोकेको एक कालजयी सिर्जना “मेरो पनी हैन र यो देश” लिएर आउनुभयो यो सिर्जना ले हरेक नेपालिहरुको मन जितेको छ । तपाईको सांगितीक शिखरको यात्रामा यो गित अर्को एक भर्याङ बनेको छ । तपाईको यो कालजयी सिर्जना सफलता संगै गलबन्दी र बोल माय को भोक मेट्ने परखाईमा बसेका हामिहरुलाई अर्को सरपराईज दिनुभयो मेरो पनी हैन र यो देश मा पनी फाईनलमा के होला ? भनि झनै कौतुहलता बढाईदिनुभयो । हाम्रो यो सबै भोक प्यास कौतुहलता कहिले मेटिएला ?

यि प्रश्नहरुको उत्तर को परखाईमा तपाईका शुभचिन्तक संगितप्रेमिहरु पर्खिरहेका छन् ।
तपाईको अझै प्रगती उन्नती को लागि धेरै धेरै शुभकामना ।मेरो पनी हैन र यो देश सिर्जना लाई सफलता असफलता संग दांज्न मिल्दैन यो सिर्जना पहिलै सफल सिर्जना हो ।

यी तिन प्रश्न सहित तपाईको सफलतामा तपाई भन्दा धेरै खुशी हुने लोक देहोरीमा बामे चाल्दै गरेको
तपाईको शुभचिन्तक अनुयायी ,

दिपक पौडेल कान्छा 

Prakash Saput New Song Mero Pani Haina Ra Yo Desh मेरो पनि हैन र यो देश | Official Music Video 2078