पछिल्लो समय तीज गीतमा आएको विकृतीबारे रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बि.जीले एक विज्ञप्ती जारी गर्दै गीत संगीतको मर्ममा प्रहार भएको भन्दै दुख व्यक्त गरेका छन । हिजो सुक्रबार प्रतिष्ठानको बैठकले प्रतिष्ठानका उपमहासचिव शिव हमालको संयोजकत्वमा विकृती विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरेको छ ।

सुक्रबार बसेको केन्द्रिय बैठकले प्रतिष्ठानका उप–महासचिव शिव हमालको संयोजकत्वमा विकृति विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरेको हो ।जसमा उपसंयोजक हरि डाँगी, कृष्ण रेउले, पी.एन सापकोटा, सदस्यहरु कुलेन्द्र विश्वकर्मा, पूर्णकला बि.सी, महेन्द्र गौतम, अन्जली अधिकारी, युवराज मगर, जमुना राना, बिमल अधिकारी, प्रकाश भट्ट लगायतका कलाकारको टिम समावेस रहेका छन् । उक्त कार्यदललाई kanchha entertainment को तर्फबाट हार्दिक बधाई साथै कार्य सफलताको शुभकामना ।