पिपल सँगै चौतारी को बर को याद आयो ।
बुढा भएका बाबा आमा घर को याद आयो ।

बस्दा होलान पिडामा मेरै याद आउदा खेरी ,
बाल्दै होलान अंन्धेरी मा झर्को याद आयो ।

सानो छँदा सताउँथे ,खानेबेला घुर्काउँथेँ
चोरी खान्थेँ दुध र दही तरको याद आयो ।

ढाँट्दा खेरी गालि खान्थेँ राति सम्म गाऊँ डुल्दा
चुहिने छानो छाऊन काट्या खर को याद आयो ।

कस्तो होला खरको छानो, बुढा भयका बाबा आमा,
चोट लाग्दा च्याथी बाध्ने धरको याद आयो ।