ठेकेदारले बाटो खनेर यहाँ भिर बनाउछन्
मान्छेमै भेदभाव गर्नेहरुले किन मन्दिर बनाउछन्

दुई तिहाई जनमत पाएको सरकारलाई पनी
आफ्नै हरुले खुट्टा तानेर अस्थिर बनाउछन्

दुध छैन भाँडोमा चामल छैन कसुँडीमा
कसरि अब यिनले स्वादिष्ठ खिर बनाउँछन्

सामन्ति को बिरुद्वमा लडेका जननेताहरु
जनतानै चुसेर आफ्नो तक्दिर बनाउछन्

चोरको हातमा ढुकुटीको ताला चाबी परेपछी
चोरेर भाग्छन् कसरि हाम्लाई अमीर बनाउछन्