त्यति चोखो माया हाम्रो भुल्छ्यौ कसरी
अर्कैको बगैचामा फुल्छ्यौ कसरी ।।

हात समाउँदै डुलेको अग्लो पुल र बञ्जीतिर
पराईसंग तिनै ठाउँमा डुल्छ्यौ कसरी ।।

मेरो त आमा बुवा समाज सबै थाहा थ्यौ तिमीलाई
त्यो अन्जान लेकाली गाऊँ घुल्छ्यौ कसरी ।।

घरकी एक्लि छोरी न दाउरा घाँस न चुलोचौको
कालो कराई खरानीले मोल्छ्यौ कसरी ।।

खुट्टामा काँडा बिझ्ला ऐसेलुले चोली च्यात्ला
एक्लै बनमा दाउरा स्याउला बटुल्छ्यौ कसरी ।।