बाटो त छ न गाई न गाडी हुन्छ
जब बात यहाँ पहाडी हुन्छ ।

धर्ति फाटेको छ यहाँ धुजा धुजा परेको छ
बर्षे बिकासको परीणाम बगाउने बाढी हुन्छ

ठुले परदेश पसेपछी बाँजो छन् खेत बारीहरु
मार्सी फल्ने खोलाखेत बर्षदिनमै झाडी हुन्छ

एउटा कुटे लौरी छैन लडीहाले उठाउने
बुढेसकालको सहारा सन्तान पनी खाडी हुन्छ

बाँकी छन् गाऊँघरमा आसाका सुस्केराहरु
जो समाज बनाउँछु भन्थ्यो ऊ नै खास अनाडी हुन्छ