अपराधिलाई कारवाही छैन सु-शासन कहाँ छ ?
मन्त्रीले नै मु* भन्छ अनुसासन कहाँ छ ?

भोकै मर्न पर्दैन भन्थे सासकले ,
टुडीखेलमा भोकै जनता रासन कहाँ छ ?

सबैको घर हुन्छ देश बिकाश गर्छौं भन्थे,
गरिब मजदुर ठुस्स बस्ने आसन कहाँ छ ?

आफैले बोलेको बिर्सियौ या झुट बोलेको ?
खोजेरै फेरी सुन भाषन कहाँ छ ?

भुले सपना शहिदका ऐस आराम पाएपछी
खोजी मात्र गर्छन् यिनले सिंहासन कहाँ छ ?